सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 5

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्‍नुहोस्। मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस्। 2हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो। 3हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्‍नुहुन्छ। बिहानै म आफ्‍नो बिन्‍ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु। 4निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न। दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन्। 5अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन्। दुष्‍ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ। 6तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ। हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ। 7तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु। आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु। 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस्। मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस्। 9किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन। तिनीहरू अन्तस्करण दुष्‍ट छ। तिनीहरूका गला एउटा खुला चिहान हो। आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन्। 10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस्। तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्। 11तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन्। तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ। तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन्। 12किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ। तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।