सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 106

यो अध्याय यसमा पर्छ: Boek IV

1परमप्रभुको प्रशंसा गर। परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ। 2परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र? 3जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्‍छन्, तिनीहरू धन्यका होऊन्। 4हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस्। तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस्। 5तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्‍दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु। 6हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं। 7हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन्। तिनीहरूले तपाईंका करारको विश्‍वस्‍तताका धेरै कामहरूलाई बवास्‍ता गरे। तिनीहरू लाल समुद्रमा विद्रोही भए। 8तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्‍नुभएको होस्। 9उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो। अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो। 10तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो। 11तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो। तिनीहरूमध्‍ये एक जना पनि बाँचेन। 12तब तिनीहरूले उहाँको वचनमा विश्‍वास गरे र तिनीहरूले उहाँको स्‍तुति गाए। 13तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से। तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन्। 14उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए। 15त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो। 16छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने। 17पृथ्वीले खुल्‍यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्‍नेहरूलाई ढाकिदियो। 18तिनीहरू माझमा आगो सल्कियो। त्‍यो आगोले दुष्‍टहरूलाई भष्‍म पार्‍यो। 19तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे। 20तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे। 21तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो। 22उहाँले हामको देशमा अचम्‍मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो। 23त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए। 24त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे। तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्, 25तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन्। 26यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ, 27तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्‍ट पार्नुहुनेछ। 28तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए। 29तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो। 30तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो। 31यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो। 32तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे। 33तिनीहरूले मोशालाई तिक्‍त बनाए र तिनले हतारमा बोले। 34परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्‍ट पारेनन्, 35तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके, 36र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो। 37तिनीहरूले आफ्‍ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए। 38तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे। 39तिनीहरू आफ्‍ना कामहरूले अशुद्ध भए। तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए। 40त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो। 41उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्‍य गरे। 42तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्‍ना अधिकारीको अधीनमा पारियो। 43तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए। 44तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्‍नुहुँदा उहाँले तिनीहरूका संकष्‍टमा ध्यान दिनुभयो। 45उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो र आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो। 46तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो। 47हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्। हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं। 48इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्तसम्म स्तुति होस्। सबै मानिसहरूले भने, “आमेन।” परमप्रभुको प्रशंसा होस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।