सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 55

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, मेरो प्रार्थनामा कान थाप्‍नुहोस्। मेरो बिन्‍तीबाट आफूलाई नलुकाउनुहोस्। 2मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस्। मेरो कष्‍टमा मलाई विश्रम हुँदैन। 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले। किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन्। 4मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन्। 5डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ। 6मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ। 7हेर्नुहोस्, तब म टाढा जाने थिएँ। म उजाड-स्‍थानमा बस्‍ने थिएँ। सेला 8आँधी र हुरीबाट बच्‍न हतार गरेर म शरणस्थाणमा जाने थिएँ।” 9हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस्। तिनीहरूको भाषा खल्बल्‍याउनुहोस्! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु। 10दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन्। अधर्म र हानि यसको माझमा छन्। 11यसको बिचमा दुष्‍टता छ। थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन्। 12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ। न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ। 13तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो। 14हामीले एकसाथ मीठो सङ्गति गर्थ्‍यौं। भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्‍यौं। 15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस्। तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ। 16मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ। 17साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु। उहाँले मेरो आवाज सुन्‍नुहुनेछ। 18मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए। 19परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ। सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्दैनन्। 20मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्‍नो हात उठाएको छ। उसले बाँधेको करारलाई उसले आदर गरेको छैन। 21उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्‍यसको हृदय शत्रुतापूर्ण थियो। त्‍यसका शब्दहरू तेलभन्दा पनि चिल्‍ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए। 22आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न। 23तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ। रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।