सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 149

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको प्रशंसा गर। परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ। 2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस्। सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन्। 3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून्। खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन्। 4किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ। उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ। 5विजयमा धर्मीहरू आनन्‍दि होऊन्। तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन्। 6तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्, 7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न। 8तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन्। 9लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन्। उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ। परमप्रभुको प्रशंसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।