सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 76

यो अध्याय यसमा पर्छ: Boek III

1परमेश्‍वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ। इस्राएलमा उहाँको नाउँ महान् छ। 2उहाँको पाल शालेममा छ। उहाँको बासस्‍थान सियोनमा छ। 3त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्‍ट गर्नुभयो। सेला 4पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ। 5साहसी हृदय भएकाहरू लुटिएका थिए। तिनीहरू मस्त निद्रमा परे। सबै योद्धाहरू असहाय थिए। 6हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे। 7तपाईंको, हो तपाईंकै भय मानिन्छ। तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र? 8स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो। पृथ्वी भयभीत र चूपचाप थियो। 9हे परमेश्‍वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो। सेला 10निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ। तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस्। 11परमप्रभु आफ्‍ना परमेश्‍वरसँग भाकल गर र ती पुरा गर। उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्‍नुपर्छ। 12उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ। पृथ्वीका राजाहरूले उहाँको भय मान्छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।