सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 30

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन। 2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो। 3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ। तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ। 4हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ। उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ। 5किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ। तर उहाँको कृपा जीवनभरिको निम्ति हो। रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ। 6दृढतामा मैले भनें, “म कदापि डग्‍नेछैन।” 7हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो। तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्‍ट पर्‍यो। 8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें। 9मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र? 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस्। हे परमप्रभु, मेरो सहायक हुनुहोस्। 11तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ। तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ। 12त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन। हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।