सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 89

यो अध्याय यसमा पर्छ: Boek III

1म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु। म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु। 2किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ। तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ।” 3मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु। मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु। 4म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु।” सेला 5हे परमप्रभु, स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ। तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ। 6किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र? 7उहाँ त्‍यस्‍तो परमेश्‍वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्‍च आदर गरिन्‍छ र उहाँलाई घेरा हाल्‍ने सबैको माझमा भयानक हुनुहुन्छ। 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ। 9तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ। जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ। 10तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो। आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो। 11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो। संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। 12तपाईंले उत्तर र दक्षिणको सृष्‍टि गर्नुभयो। तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन्। 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ। 14धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन्। करारको विश्‍वस्‍तता र सत्‍यता तपाईंको सामुबाट आउँछन्। 15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन्। 16तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन्। 17तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं। 18किनकि हाम्रो ढाल परमप्रभुको हो। हाम्रा राजा इस्राएलका परमपवित्रका हुन्। 19धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो। तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु। 20मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु। मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु। 21मेरो हातले त्यसलाई सहयत दिनेछ। मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ। 22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन। दुष्‍टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन। 23त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु। त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु। 24मेरो सत्यता र मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ। मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ। 25म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु। 26त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्‍वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ।' 27मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु। 28म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु। अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ। 29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु। 30त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने, 31तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने, 32तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु। 33तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन। 34म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन। 35सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः 36त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ। 37आकाशमा विश्‍वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ।” सेला 38तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ। आफ्नो अभिषिक्‍त राजासँग तपाईं रिसाउनुभएको छ। 39तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ। तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ। 40तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ। तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्‍नावशेष पार्नुभएको छ। 41त्यो बाटो जाने सबैले त्‍यसलाई लुटेका छन्। आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ। 42तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ। त्यसका सबै शत्रुलाई तपाईंले आनन्‍दित बनाउनुभएको छ। 43तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन। 44तपाईंले त्यसको ऐस्‍वर्यको अन्त्य गर्नुभएको छ। तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्‍याउनुभएको छ। 45तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ। तपाईंले त्यसलाई लाजले ढाक्‍नुभएको छ। सेला 46हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ? 47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस्। 48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला 49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन्? 50हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्‍ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्‍नो मनमा कसरी सहन्छु सो सम्झनुहोस्। 51हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन्। तिनीहरूले तपाईंको अभिषिक्‍त जनको पाइलाको गिल्ला गर्छन्। 52सदासर्वदा परमप्रभुलाई धन्‍यवाद होस्। आमेन र आमेन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।