सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 72

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस्। राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस्। 2तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून्। 3पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून्। डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून्। 4उनले मानिसहरूका गरीबलाई न्याय देऊन्। उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून्। 5सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून्। 6काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन्। 7उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस्। 8उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून्। 9उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून्। उनका शत्रुहरूले धूलो चाटून्। 10तर्शीश र टापूहरूका राजाहरूले कर तिरून्। शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन्। 11वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून्। सबै जातिहरूले तिनको सेवा गरून्। 12उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन्। 13उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन्। 14उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्‍टिमा तिनीहरूका रगत बहुमूल्य हुन्‍छ। 15उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस्। मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून्। परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन्। 16देशमा अन्‍नको प्रशस्‍त होस्। पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन्। यसको फल लेबनानको जस्तै होस्। सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन्। 17उनको नाउँ अमर रहोस्। सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस्। मानिसहरू उनमा आशोषित् होऊन्। सबै जातिहरूले उनलाई धन्यको भनून्। 18परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ। 19उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस्। आमेन र आमेन। 20यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।