सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 66

यो अध्याय यसमा पर्छ: Boek II

1हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्दले कराओ। 2उहाँको नाउँको महिमाको स्तुति गाओ। उहाँको प्रशंसालाई महिमित बनाओ। 3परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन्। तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन्। 4सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ। तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन्।” सेला 5आओ र परमेश्‍वरका कामहरू हेर। मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ। 6उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो। तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे। त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं। 7उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ। उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन्। विद्रोहीहरूले आफैलाई उच्‍च नपारून्। सेला 8हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन। उहाँको प्रशंसाको आवाज सुनियोस्। 9उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्‍लन दिनुहुन्‍न। 10हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ। तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ। 11तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो। तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो। 12तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ। हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो। 13म तपाईंको मन्‍दिरमा होमबलि लएर आउनेछु। म तपाईंमा आफ्‍नो भाकल पुरा गर्नेछु, 14जुन म संकष्‍टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले। 15म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु। म साँढेहरू र बोकाहरू चढाउनेछु। सेला 16हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन। र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु। 17मैले आफ्‍नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो। 18मैले आफ्‍नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन। 19तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ। उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ। 20परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।