सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 85

यो अध्याय यसमा पर्छ: Boek III

1हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ। तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ। 2तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ। तपाईंले तिनीहरूका सबै पापहरू ढाक्‍नुभएको छ। सेला 3तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ। तपाईं आफ्नो तातो रिसबाट पछि हट्‍नुभएको छ। 4हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्‍नता छोडिदिनुहोस्। 5के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र? 6के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन्। 7हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस्। हामीलाई तपाईंको मुक्‍ति दिनुहोस्। 8परमप्रभु परमेश्‍वरले जे भन्‍नुहुन्छ सो म सुन्‍नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ। तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन। 9निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ। तब हाम्रो देशमा महिमा रहनेछ। 10करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन्। धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन्। 11सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ। 12हो, परमप्रभुले आफ्नो उत्तम आशिष्‌ ‌‌दिनुहुनेछ र हाम्रो जमिनले आफ्‍नो अन्‍नहरू उब्जाउनेछ। 13धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।