सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 98

यो अध्याय यसमा पर्छ: Boek IV

1परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ। उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ। 2परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ। उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ। 3उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ। पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन्। 4हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर। गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर। 5वीणा बजाएर परमप्रभुको प्रशंसा गर। वीणा बजाओ र मधुर धुनसहित गाओ। 6तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर। 7समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ। 8नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन्। 9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ। उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।