सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 112

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको प्रशंसा गर। परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो। 2त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन्। भक्‍त मानिसका सन्तानहरू धन्यका हुनेछन्। 3धन र सम्पत्ति त्यसको घरमा हुन्छन्। उहाँको धार्मिकता सदासर्वदा रहनेछ। 4भक्‍त मानिसको निम्ति अन्धकारमा ज्‍योति चम्किन्छ। उहाँ अनुग्रही, कृपालु र निष्‍पक्ष हुनुहुन्छ। 5अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ। 6किनकि त्यो कहिल्यै डग्‍नेछैन। धर्मी व्यक्‍तिको सम्झना सधैं हुनेछ। 7त्‍यो खराब समाचारदेखि डराउँदैन। त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ। 8त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्‍म त्यसको हृदय विनाडर शान्त हुन्‍छ। 9त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ। त्यसको धार्मिकता सदासर्वदा रहन्छ। त्यसलाई आदरसाथ उच्‍च पारिनेछ। 10दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ। त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ। दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।