सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 31

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, तपाईंमा म शरण लिन्छु। मलाई कदापि अपमानित हुन नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस्। 2मेरो पुकार सुन्‍नुहोस्। मलाई तुरुन्‍तै बचाउनुहोस्। मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस्। 3किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ। यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस्। 4तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ। 5मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु। हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ। 6व्‍यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु। 7तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो। मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो। 8तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन। तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ। 9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु। मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ। 10किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ। मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन्। 11मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन्। मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन्। मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन्। 12मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन। म फुटेको भाँडोजस्तै छु। 13किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु। मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन्। 14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु। म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।” 15मेरा समयहरू तपाईंका हातमा छन्। मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस्। 16आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस्। तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस्। 17हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस्। किनकि म तपाईंमा पुकारा गर्छु। दुष्‍टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्‍त होऊन्! 18धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन्। 19तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ। त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ। 20तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ। जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ। 21परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो। 22मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो। 23ए सबै विश्‍वासयोग्‍य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर। परमप्रभुले विश्‍वासयोग्‍यलाई सुरक्षा दिनुहुन्छ। तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्‍छ। 24ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।