सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 17

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्‍नुहोस्। मदतको निम्‍ति मेरो पुकारामा ध्यान दिनुहोस्। मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्‍नुहोस्। 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस्। तपाईंको आँखाले जे ठिक छ सो देखून्। 3तपाईंले मेरो हृदय जाँच्‍नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्‍ट योजनाहरू पाउनुहुनेछैन। मेरो मुखले अपराध गर्नेछैन। 4मानिसजातिका कामहरूका बारेमा, तपाईंको मुखको वचनले मैले आफैंलाई अराजकका चालबाट अलग राखेको छु। 5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन्। मेरा पाइलाहरू चिप्‍लेका छैनन्। 6हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ। आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस्। 7आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्‍नो करारको विश्‍वस्‍तता अचम्‍म किसिमले देखाउनुहोस्। 8आफ्‍नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस्। आफ्‍नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस्। 9मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट। 10तिनीहरूले कसैलाई दया गर्दैनन्। तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन्। 11तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन्। मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन्। 12तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन्। 13हे परमप्रभु, उठ्नुहोस्। तिनीहरूलाई आक्रमण गर्नुहोस्। तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस्। तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस्। 14हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ। तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ। तिनीहरूका धेरै छोराछोरी हुनेछन् र आफ्‍ना धन आफ्‍ना छोराछोरीलाई छोड्नेछन्। 15मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।