सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 91

यो अध्याय यसमा पर्छ: Boek IV

1जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ, त्यो सर्वशक्तिमान्‌को छायामा रहनेछ। 2म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु।” 3किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ। 4उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ। उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो। 5तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि, 6वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ। 7हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्‍यो तिमीकहाँ आउनेछैन। 8तिमीले दुष्‍टको दण्ड नियाल्‍ने र देख्‍ने मात्र छौ। 9किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ। सर्वोच्‍चलाई तिम्रो पनि शरणस्थान बनाऊ। 10कुनै खराबीले तिमीलाई जित्‍नेछैन। तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन। 11किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ। 12तिनीहरूले तिमीलाई आफ्‍ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ। 13तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ। तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ। 14त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु। म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ। 15जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु। म कष्‍टमा त्योसँग हुनेछु। म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु। 16म त्यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।