सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 63

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। उत्‍सुकतासाथ म तपाईंको खोजी गर्छु। पानी नभएको सुख्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ। 2त्यसैले तपाईंको शक्ति र महिमा देख्‍नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु। 3किनभने तपाईंको करारको विश्‍वस्‍तता जीवनभन्दा उत्तम छ। मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ। 4त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्‍यको भन्‍नेछु। तपाईंकै नाउँमा म आफ्‍ना हातहरू उचाल्‍नेछु। 5हाडको गुदी र चिल्‍लो खाना मैले खाएको जस्तै हुनेछ। आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ। 6जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु। 7किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु। 8तपाईंसँग म टाँसिन्‍छु। तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ। 9तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्, 10तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन्। 11तर राजाचाहिं परमेश्‍वरमा आनन्‍दित हुनेछन्। उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।