सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 62

यो अध्याय यसमा पर्छ: Boek II

1परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु। मेरो उद्धार उहाँबाट आउँछ। 2उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ। उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ। म धेरै डग्‍नेछैन। 3तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ? 4त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन्। तिनीहरू झुटो बोल्न रुचाउँछन्। आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन्। सेला 5परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु। किनकि मेरो आसा उहाँमा राखिएको छ। 6उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ। उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ। म डग्‍नेछैन। 7मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ। मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ। 8ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर। उहाँमा आफ्नो हृदय पोखाओ। परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ। सेला 9निश्‍चय नै निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्‍च स्‍तरका मानिसहरू झुट हुन्। तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्‍छन्। एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन्। 10थिचोमिचो वा लुटमा भरोसा नगर। अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन्। आफ्‍नो हृदय तिनमा नलगाओ। 11परमेश्‍वरले एक पल्‍ट बोल्नुभएको छ, मैले यो दुई पल्‍ट सुनेको छुः शक्ति परमेश्‍वरकै हो। 12हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।