सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 27

यो अध्याय यसमा पर्छ: Boek I

1परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ। म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ। म कोसँग त्रसित हुनु? 2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले। 3फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन। मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु। 4मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ। 5किनकि कष्‍टको दिनमा उहाँले मलाई आफ्‍नो छहारीमा लुकाउनुहुनेछ। उहाँको आफ्‍नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ। उहाँले मलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ। 6तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु। परमप्रभुको निम्ति म गीत रच्‍नेछु र गाउनेछु। 7हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्‍नुहोस्। ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस्। 8मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु। 9मबाट तपाईंको मुहार नलुकाउनुहोस्। आफ्नो दासलाई रिसमा नफर्काउनुहोस्। तपाईं मेरो सहायक हुनुभएको छ। हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस्। 10मेरो बुबा र मेरी आमाले मलाई त्याग्‍न सक्‍छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ। 11हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्। मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्‍याउनुहोस्। 12मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन्। 13मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्थ्यो होला? 14परमप्रभुको आसा गर। बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस्। परमप्रभुको आसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।