सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 23

यो अध्याय यसमा पर्छ: Boek I

De HEER is mijn herder

1परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई कुनै कुरा खाँचो पर्नेछैन। 2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ। उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ। 3उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ। 4मैले निस्‍पट्ट अँध्‍यारो छायाको बेसीमा हिंड्‍नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन्। 5मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ। मेरो कचौरा भरिएर पोखिन्छ। 6निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ। र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।