सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 22

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ? 2हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न र रातको समयमा पनि म शान्‍त छैन। 3तापनि तपाईं पवित्र हुनुहुन्छ। इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ। 4हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे। तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो। 5तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो। तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन्। 6म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु। 7मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन्। तिनीहरूले मेरो खिसी गर्छन्। तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन्। 8तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ। परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ।” 9तपाईंले मलाई गर्भबाट ल्याउनुभयो। मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो। 10गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ। म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ 11मबाट टाढा नहुनुहोस्, किनकि कष्‍ट नजिकै छ। मलाई सहायता गर्ने कोही पनि छैन। 12धेरै साँढेहरूले मलाई घेर्छन्। बाशानका बलिया साँढेहरूले मलाई घेर्छन्। 13गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन्। 14पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन्। मेरो हृदय मैनझैं भएको छ। मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ। 15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ। मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ। तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ। 16किनकि कुकुरहरूले मलाई घेरेका छन्। खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन्। तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन्। 17म आफ्‍ना सबै हाड गन्‍न सक्छु। तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन्। 18मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन्। मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। 19हे परमप्रभु, टाढा नहुनुहोस्। हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस्। 20मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस्। 21मलाई सिंहको मुखबाट बचाउनुहोस्। जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस्। 22तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु। सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु। 23तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर। तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर। ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ। 24कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन। तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन। जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो। 25तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु। उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु। 26थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन्। परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिमीहरूका हृदयहरू सदा जीवित रहून्। 27पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन्। जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन्। 28किनकि राज्य परमप्रभुकै हो। उहाँ नै जातिहरूका शासक हुनुहुन्छ। 29पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन्। धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन्। 30आउने पुस्ताले उहाँको सेवा गर्नेछ। तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन्। 31तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन्। उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।