सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 19

यो अध्याय यसमा पर्छ: Boek I

1आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन्। 2दिनदिनै भाषण दिन्‍छ। त्‍यसले हरेक रात ज्ञान प्रकट गर्छ। 3त्‍यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन। 4तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ। तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्‍नुभएको छ। 5सूर्यचाहिं दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्‍तै हो र आफ्‍नो दौड सिद्‍याउँदा आनन्‍दित हुने बलियो मानिसजस्तै हो। 6एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्‍छ। त्‍यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन। 7परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने। परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने। 8परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने। परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने। 9परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने। परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन्। 10तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन्। तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन्। 11हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन्। ति पलना गर्नुमा ठुलो इनाम छ। 12कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस्। 13तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्‍य नगरून्। तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु। 14हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।