सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 16

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु। 2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन। 3पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन्। मेरा सबै खुसी तिनीहरूमा नै छ। 4तिनीहरू जसले अरू ईश्‍वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्‍टहरू बढ्‍नेछन्। तिनीहरूका ईश्‍वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन। 5हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ। तपाईंले मेरो भाग राख्‍नुहुन्छ। 6रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन्। निश्‍चय नै मनोहर उत्तराधिकार मरै हो। 7मलाई सल्‍लाह दिनुहुने परमप्रभुलाई म धन्‍यको भन्‍नेछु। रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ। 8हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्‍नेछैन। 9यसकारण मेरो हृदय खुसी छ। मेरो महिमा आनन्‍दित छ। निश्‍चय नै म सुरक्षामा जिउनेछु। 10किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन। तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न। 11तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ। तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।