सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 7

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र? 2एउटा दासले उत्‍सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ। 3यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ। मलाई कष्‍टले भरिएका रातहरू दिइएका छन्। 4म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु। 5मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ। मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन्। 6मेरा दिनहरू सिलाउनेको चक्‍काभन्दा चाँडो बित्छन्। ती आशाविनै बितेर जान्छन्। 7हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस्। मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन। 8मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्ने छैन। परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्‍तत्‍व हुनेछैन। 9जसरी बादल फट्छ र हराएर जान्‍छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन। 10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ। 11त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन। म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु। म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु। 12तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र? 13जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,' 14तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ, 15जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु। 16म मेरो जीवनलाई घृणा गर्छु। म सधैँ जिउने इच्छा गर्दिनँ। मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन्। 17मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने, 18हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने? 19तपाईंले आफ्‍ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्‍नो थुक निल्न मलाई तपाईंले कहिले एक्‍लै छोड्नुहुन्‍छ? 20मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु? 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु। तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।