सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 13

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन्। मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ। 2तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु। म तपाईंहरूभन्दा कम छैनँ। 3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु। म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु। 4तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ। तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ। 5तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस्। त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ। 6अब मेरो आफ्नै तर्क सुन्‍नुहोस्। मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस्। 7परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र? 8उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र? 9उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र? 10तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ। 11उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र? 12तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन्। तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन्। 13तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ। मलाई जे हुनु छ होस्। 14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु। म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु। 15हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन। तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु। 16यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन। 17हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस्। मेरो घोषणा तपाईंका कानमा पुगोस्। 18हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु। म निर्दोष छु भनी म जान्‍दछु। 19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु। 20हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ। 21आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस्। 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु। वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस्। 23मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस्। 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ? 25तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र? 26किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ। मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ। 27तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ। तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ। मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्छ। 28यद्यपि म खेर जाने सडेगलेको कुराजस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।