सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 36

यो अध्याय यसमा पर्छ: Elihu

1एलीहूले निरन्‍तर बोले र यसो भने, 2“मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्‍वरको समर्थनमा मैले अलिकति अरू भन्‍नुछ। 3म धेरै टाढाबाट आफ्‍नो ज्ञान प्राप्‍त गर्नेछु। धार्मिकता मेरा सृष्‍टिकर्ताको हो भनी म स्‍वीकार गर्छु। 4किनकि वास्‍तवमा नै मेरा शब्‍दहरू झुटा हुनेछैनन्। ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ। 5हेर्नुहोस्, परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्‍न। समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ। 6दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न, बरु, दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ, त्यही गर्नुहुन्छ। 7उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्‍टि हटाउनुहुन्‍न, तर त्‍यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्‍नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन्। 8तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्‍झिए भने, 9तब तिनीहरूले जे गरेका हुन्‍छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ। 10उहाँको निर्देशन सुन्‍नलाई उहाँले तिनीहरूका कान खुल्‍ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ। 11तिनीहरूले उहाँको सोर सुने अनि उहाँको आराधना गरे भने, तिनीहरूले आफ्नो समय समृद्धिमा, र आफ्ना वर्षहरू सन्तुष्‍टिमा बिताउनेछन्। 12यद्यपि, तिनीहरू सुन्‍दैनन् भने, तिनीहरू तरवारले नष्‍ट पारिनेछन्। तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन्। 13हृदयमा ईश्‍वर नभएकाहरूले आफ्‍नो रिसलाई थुपार्छन्। परमेश्‍वरले तिनीहरूलाई बाँध्‍नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन्। 14तिनीहरू आफ्नो युवावस्थामा मर्छन्। तिनीहरूको जीवन झुटा धर्मका वेश्याहरूका बिचमा बित्छ। 15कष्‍टमा परेका मानिसहरूलाई परमेश्‍वरले तिनीहरूका कष्‍टबाट छुटकारा दिनुहुन्छ। तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्‍नुहुन्छ। 16वास्तवमा उहाँले तपाईंलाई निराशाबाट निकालेर, कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्‍छा गर्नुहुन्छ, र तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ। 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ। इन्साफ र न्यायले तपाईंलाई समातेका छन्। 18तपाईंको रिसले तपाईंलाई गिल्ला पाउने नबनाओस्, वा घुसको ठुलो रकमले तपाईंलाई पाखा नलगाओस्। 19तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्‍छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्‍न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ? 20अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्‍छा नगर्नुहोस्, जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्‍छन्। 21तपाईं पाप गर्नतिर नफर्कनलाई होसियार हुनुहोस्, किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्‍टद्वारा तपाईंको जाँच हुँदैछ। 22हेर्नुहोस्, परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको छ। उहाँजस्तै शिक्षक को छ र? 23उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?' 24उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन्। 25सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन्। 26हेर्नुहोस्, परमेश्‍वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं। उहाँका वर्षहरूको सङ्ख्‍याको गणना गर्न सकिंदैन। 27किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ, आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ, 28जसलाई बादलहरूले तल खन्‍याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ। 29वास्तवमा के कसैले बादलको बृहत् फैलावट, र उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ? 30हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ। 31यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ। 32उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ। 33यसको गर्जनले आँधी-बेहरीको चेताउनी दिन्छ, गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।