सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 17

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ। चिहान मेरो लागि तयार छ। 2निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन्। मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ। 3मलाई धरौटी दिनुहोस्। तपाईं आफै मेरो जमानी हुनुहोस्। मलाई मदत गर्नलाई अरू को नै छ र? 4किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ। त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न। 5इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन्। 6तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ। तिनीहरूले मेरो मुखैमा थुक्छन्। 7शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ। मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन्। 8यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन्। निर्दोष मानिसले आफैलाई ईश्‍वरहीन मानिसहरूको विरुद्धमा सुर्‍याउनेछ। 9धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ। शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ। 10तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर। तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ। 11मेरा दिन बितिसके। मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो। 12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन्। उज्यालो अँध्यारको नजिकै छ। 13मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने, 14र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने, 15तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र? 16जब हामी धूलोमा फर्कन्‍छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र?

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।