सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 32

यो अध्याय यसमा पर्छ: Elihu

1त्‍यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्‍नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए। 2त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो। तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए। 3तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए। 4अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्‍नलाई पर्खिरहेका थिए। 5तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो। 6तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ। त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ। 7मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ। धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ। 8तर मानिसमा एउटा आत्मा हुन्छ। सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ। 9महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन्। 10यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस्। म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु।’ 11हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें। तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें। 12वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन। 13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस्। अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ। मानिसले यसो गर्न सक्दैन। 14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन्। त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ। 15यी तिन जना मानिसका बोली बन्‍द भएका छन्। तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन्। तिनीहरूसँगत बोल्‍नलाई एउटै शब्द पनि छैन। 16तिनीहरू बोल्‍दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू? 17अहँ, म पनि आफ्‍नो तर्फबाट जवाफ दिनेछु। म पनि तिनीहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु। 18किनकि मसँग जवाफ धेरै छन्। मभित्र भएको आत्माले मलाई बाध्य पार्छ। 19मेरो छाती फुल्‍दै गरेको दाखमद्यझैं भएको छ जसको प्‍वाल छैन। नयाँ मशकझैं यो फुट्नलाई तयार छ। 20म ताजा हुन सकूँ भनेर म बोल्नेछु। म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु। 21म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु। 22किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ। मैले त्यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।