सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 2

यो अध्याय यसमा पर्छ: Proloog

1तब अर्को दिनमा परमेश्‍वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए। शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो। 2परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ।” 3परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ। विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्‍यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ।” 4शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “वस्‍तवमा नै छालाको साटो छाला हुन्‍छ। एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ। 5तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्‍डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन्।” 6परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्यो तेरै हातमा छ। त्यसको जीवन मात्र चाहिं तैंले छोड्‍नैपर्छ।” 7तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्‍तै गयो। त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्‍चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्‍यो। 8आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे। 9तब तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्।” 10तर तिनले उनलाई भने, “एक जना मूर्ख स्‍त्रीले बात गरेझैं तिमी बात गर्छ्‍यौ। के हामीले परमेश्‍वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन्। 11जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती। तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले। 12जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन्। तिनीहरूले आफ्‍ना सोर उचालेर कराए र रोए। हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले। 13तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे। कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।