सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 24

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1दुष्‍ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्‌ले किन तोक्‍नुभएको छैन? परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन्? 2यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन्। यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन्। 3अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्‍ती लैजान्छन्। विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन्। 4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन्। पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्। 5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन्। सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ। 6गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन्। तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन्। 7तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन्। जाडोमा ढाक्‍नलाई तिनीहरूसित केही हुँदैन। 8तिनीहरू पहाडका झरीले भिजेका छन्। तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन्। 9यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन्। 10तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन्। तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन्। 11गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन्। तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन्। 12सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्‍च्याउँछ। तर परमेश्‍वरले दोष लगाउनुहुन्‍न। 13केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन्। तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन्। 14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ। रातमा ऊ चोरजस्तो हुन्छ। 15साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्‍छ। उसले भन्छ, 'कुनै आँखाले मलाई देख्‍नेछैन।' उसले आफ्नो भेष बद्लन्छ। 16अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन्। तिनीहरूले उज्यालोको वास्ता गर्दैनन्। 17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ। किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन्। 18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन्। तिनीहरूको खेतको हिस्सा श्रापित छ। तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन। 19जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्‍छ। 20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ। किराले त्यसलाई मिठो मानेर खानेछ। फेरि उसको सम्झना गरिनेछैन। यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ। 21बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ। उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन। 22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ। उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न। 23तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन्। 24यी मानिसहरू उच्‍च पारिएका छन्। तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन्। वास्तवमा, तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याइनेछ। अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ। अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ। 25यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।