सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 16

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1तब अय्यूबले जवाफ दिए र भने, 2“धेरै यस्ता कुराहरू मैले सुनेको छु। सान्‍वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्छ। 3के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्‍छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ? 4तपाईंहरू ठाउँमा हुनुहुन्‍थ्‍यो भने, तपाईंहरूले बोलेझैं म पनि बोल्‍न सक्‍थें, तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न र मिलाउन सक्थें, र गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें। 5मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें। 6मैले बोल्‍दा त मेरो शोक कम हुँदैन। मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्छ? 7तर हे परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ। तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ। 8तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ। मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ। 9परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ। क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ। मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ। 10मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन्। निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन्। तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्। 11परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ। 12म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो। वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ। उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ। 13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन्। परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न। उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ। 14उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ। एक जना लडाकुले झैं उहाँले मलाई झम्‍टिनुहुन्छ। 15आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु। मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु। 16रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ। मेरो आँखाको वरिपरि मृत्युको छाया छ, 17जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ। 18ए पृथ्वी, मेरो रगतलाई नछोप। मेरो रोदनले विश्राम नपाओस्। 19अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ। मलाई स्‍याबासी दिनुहुने उच्‍चमा हुनुहुन्छ। 20मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ। 21मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु। 22किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।