सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 18

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1तब बिल्दद शुहीले जवाफ दिए र भने, 2“आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं। 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं? 4तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्‍ति पृथ्वीलाई त्यागिदिने? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने? 5वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ। उसको आगोको ज्वाला बल्नेछैन। 6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ। ऊमाथि रहेको उसको बत्ती निभाइनेछ। 7उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन्। उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन्। 8किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ। ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ। 9पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ। जालले त्यसलाई पसाउनेछ। 10उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ। अनि एउटा पासोले उसलाई समात्‍नेछ। 11त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन्। तिनले उसलाई पछिपछि खेद्‍नेछन्। 12उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ। 13उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन्। वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ। 14आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ। 15अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन्। 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन्। माथिको उसको हाँगा काटिनेछ। 17पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ। सडकमा उसको कुनै नाउँ हुनेछैन। 18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ। 19उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ। 20एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन्। 21निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन्। परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।