सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 29

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने, 2“ओहो, जस्‍तो म विगतका महिनाहरू थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरले मेरो वास्ता गर्नुहुन्‍थ्‍यो, 3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें। 4ओहो, जस्‍तो मेरा खुशीका दिनहरूमा म थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरको मित्रता मेरो पालमाथि हुन्‍थ्‍यो, 5जति बेला सर्वशक्तिमान्‌ मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्‍थे, 6जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो! 7जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्‍कन्‍थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें, 8जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्‍ति खडा हुन्थे र उभिन्थे। 9जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो। तिनीहरूले आफ्ना हातले मुख छोप्थे। 10कुलीनहरूका आवाजहरू बन्‍द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो। 11किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे। तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे, 12किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें। 13मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो। विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ। 14मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो। मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो। 15दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ। लङ्गडोको लागि म खुट्टा भएँ। 16खाँचोमा परेको मानिसको लागि म पिता भएँ। मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ। 17मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ। मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें। 18तब मैले भनें, 'म आफ्‍नै गुँडमा मर्नेछु। म आफ्‍ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु। 19मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ। 20ममा भएको आदर सधैं ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैं मेरो हातमा सधैं नयाँ हुन्छ।' 21मानिसहरूले मेरा कुरा सुन्थे। तिनीहरूले मेरो प्रतीक्षा गर्थे। मेरो सल्लाह सुन्‍न तिनीहरू चुप लागेर बस्थे। 22मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये। मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो। 23तिनीहरूले वृष्‍टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे। तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्‍ना मुख खुला गर्थे। 24तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें। तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे। 25मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्‍थें। राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।