सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 12

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1तब अय्यूबले जवाफ दिए र भने, 2“निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ। बुद्धि तपाईंहरूसितै मर्नेछ। 3तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ। म तपाईंहरूभन्दा कम छैनँ। वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र? 4म आफ्‍नो छिमेकीको हाँस्‍ने कुरा भएको छु, मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो। म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्‍ने कुरा भएको छु। 5चैनमा बस्‍नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ। चिप्‍लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ। 6डाँकुहरूका पालको उन्‍नति हुन्छ, र परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन्। तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन्। 7तर अब जङ्गली पशुहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई भन्‍नेछन्। आकाशका चराहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन्। 8वा पृथ्वीसित बोल्नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ। समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन्। 9परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र? 10उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ। 11जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र? 12पाका मानिसहरूसित बुद्धि हुन्छ। लामो आयुमा समझशक्ति हुन्छ। 13परमेश्‍वरसित बुद्धि र शक्ति छन्। उहाँसित सल्लाह र समझशक्ति छन्। 14हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन। उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्यहाँ छुटकारा हुँदैन। 15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन्। अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ। 16उहाँसित ताकत र बुद्धि छन्। धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन्। 17उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ। उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ। 18उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ। उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ। 19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ। 20उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ। 21उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ। 22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ। 23उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ। उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ। 24उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ। उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन। 25उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन्। उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।