सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 40

यो अध्याय यसमा पर्छ: God spreekt

1परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो। उहाँले यसो भन्‍नुभयो, 2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस्।” 3तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने, 4“हेर्नुहोस्, म नगण्य छु। मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु। 5मैले एकपल्‍ट बोलें, अनि म अब जवाफ दिने छैनँ। वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ।” 6तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो र भन्‍नुभयो, 7“अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ। 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्? 9के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्? 10अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार। आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार। 11तेरो रिसको झोँक छरपष्‍ट पार्। हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार्। 12हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार्। दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची। 13तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे। तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर्। 14तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु। 15अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर्। एउटा गोरुले झैं त्यसले घाँस खान्छ। 16हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ। त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ। 17त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ। त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन्। 18त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन्। त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन्। 19परमेश्‍वरका सृष्‍टिहरूमध्ये त्यो मुख्य हो। त्यसलाई बनाउनुहुने परमेश्‍वरले मात्र त्यसलाई पराजित गर्न सक्‍नुहुन्छ। 20किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन्। वन-पशुहरू त्यसकै नजिक खेल्छन्। 21कमलको फुलमुनि त्‍यो लुकेर बस्‍छ। निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ। 22कमलको फुलको छायाले त्‍यसलाई ढाक्‍छ। खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ। 23नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन। यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्‍यो भने पनि त्यो निर्धक्‍क हुन्छ। 24के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।