सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 26

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1तब अय्यूबले जवाफ दिए र भने, 2“शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ! 3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ! 4कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो? 5मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ। 6परमेश्‍वरको सामु चिहान उदाङ्गो छ। विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन। 7उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ। 8उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन्। 9उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ। 10उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ। 11उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन्। 12आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो। आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो। 13आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो। वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो। 14हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन्। हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ। उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।