सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 30

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन्। यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें। 2वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र? 3गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए। उजाडस्‍थान र मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे। 4तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे। झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए। 5तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे। 6त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो। 7झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्‍मा हुन्थे। 8तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए। कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो। 9तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु। म तिनीहरूका लागि उखान भएको छु। 10तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन्। मेरो मुखमा थुक्‍नबाट तिनीहरू रोकिंदैनन्। 11किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन्। 12मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन्। तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन्। 13तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन्। तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्‍ने कोही छैन। 14सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन्। विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन्। 15त्रासहरू ममाथि परेका छन्। बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ। मेरो समृद्धि बादलझैं बितेर जान्छ। 16अब मेरो जीवन मभित्रै सकिंदैछ। कष्‍टका धेरै दिनहरूले मलाई समातेका छन्। 17रातमा मभित्र भएका हड्‍डीहरूले मलाई घोच्‍छन्। मलाई सताउने मेरा पीडाले आराम लिंदैनन्। 18परमेश्‍वरको महान् शक्तिले मेरो वस्‍त्र समातेको छ। मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ। 19उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ। म धूलो र खरानीझैं भएको छु। 20हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न। म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ। 21तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्‍नुभएको छ। आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ। 22तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ र त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ। तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ। 23किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ। 24तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र? 25कष्‍टमा भएको व्यक्तिको लागि म रोइनँ र? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र? 26जब मैले भलाइको आशा गरें, तब खराबी आयो। जब मैले ज्योतिको आशा गरें, त्‍यसको साटो अन्धकार आयो। 27मेरो हृदय कष्‍टमा छ र यसले विश्राम लिंदैन। कष्‍टका दिनहरू ममाथि आएका छन्। 28अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन। म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु। 29म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु। 30मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ। मेरा हड्‍डीहरू रापले जलेका छन्। 31त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।