सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 27

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1अय्यूबले फेरि बोल्न थाले अनि यसो भने, 2“परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान्‌ जसले मेरो जीवन तितो बनाउनुभएको छ। 3जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु। 4मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ। 5तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी म कदापि स्वीकार गर्दिन। मेरो मृत्‍यु नभएसम्म म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ। 6म आफ्‍नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्‍यसलाई जान दिन्‍नँ। म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्‍दित पार्नेछैनन्। 7मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस्। जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस्। 8किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र? 9उसमाथि सङ्कष्‍ट आइपर्दा, के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ र? 10के ऊ सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ, अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ? 11म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु। म सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ। 12हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्‍नुभएको छ। तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त? 13दुष्‍ट मानिसले परमेश्‍वरबाट पाउने हिस्सा यही हो। सर्वशक्तिमान्‌बाट अत्याचारीले पाउने आफ्‍नो पैतृक-अंश यही हो। 14उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो। उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन्। 15ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन्। 16दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि, 17उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन्। 18माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ। 19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन। उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ। 20पानीले झैं त्रासले उसलाई डुबाउनेछ। रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ। 21पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ। त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ। 22उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न। त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ। 23उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ। त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।