सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 15

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1तब एलीपज तेमानीले जवाफ दिए र भने, 2“के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू? 3के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू? 4वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ। उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ। 5किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ। धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो। 6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन। वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ। 7जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र? 8तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र? 9तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्? 10कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन्। 11परमेश्‍वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्‍यादै तुच्‍छ छन् र? 12तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्? 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ? 14मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो? 15हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न। वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन। 16घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ। 17म तपाईंलाई देखाउनेछु। मेरो कुरा सुन्‍नुहोस्। मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु, 18बुद्धिमान् मानिसहरूले आफ्‍ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्‍नेछु। 19यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन। 20दुष्‍टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन्। दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्‍ख्‍या तोकिएका छन्। 21उसका कानमा त्रासको सोर सुनिन्छ। उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ। 22अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन। तरवारले उसको प्रतीक्षा गर्छ। 23ऊ रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ, ‘खोई त्‍यो कहाँ छ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ। 24निराशा र पीडाले त्यसलाई भयभीत पार्छ। युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन्। 25परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ, 26यो दुष्‍ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ। 27आफ्‍नो अनुहार आफ्‍नो बोसोले ढाकेको, अनि आफ्‍नो कम्मरमा बोसो जाम्‍मा गरेको भए पनि, 28र उजाड सहरहरूमा बसेको छ। अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए। 29ऊ धनी हुनेछैन। उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन। 30उसले अन्धकारबाट छुटकारा पाउनेछैन। ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ। परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ। 31आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस्। किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ। 32उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ। उसको हाँगा हरियो हुनेछैन। 33नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ। भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ। 34किनकि ईश्‍वरहीन मानिसहरूको समूह बाँझो हुनेछ। तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ। 35तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन्। तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।