सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 28

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन्। 2फलामलाई जमिनबाट बाहिर निकालिन्छ। धातु पगालेर तामा निकालिन्‍छ। 3एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्‍धकारमा, पल्‍लो छेउसम्‍म खानिजको खोजी गर्छ। 4मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ। मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ। ऊ यताउता हल्लिन्छ। 5जमिनमा खद्यान्‍न उत्‍पादन हुन्‍छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्‍छ। 6यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ। 7कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ। 8रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्यहाँबाट गएको छ। 9एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्‍छ। उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ। 10उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ। उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ। 11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन्। त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ। 12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ? 13मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ। 14पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन।' समुद्रले भन्छ, 'त्यो मसित छैन।' 15सुनले त्यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ। 16ओपीरको सुनसित त्यसको मूल्य दाँज्न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्छ। 17सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ। 18मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन। वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ। 19कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ। 20तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ? 21बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ। 22विनाश र मृत्युले भन्छन्, 'हामीले आफ्‍ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं।' 23कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ। यसको बासस्थान उहाँलाई थाहा छ। 24किनकि उहाँले पृथ्वीको पल्‍लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्‍डलको मुनि हेर्नुहुन्छ। 25उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो। 26उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो। 27तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो। वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो। 28मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो। दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो'।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।