सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

अय्यूब 3

यो अध्याय यसमा पर्छ: Gesprekken met de vrienden

1यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे। 2तिनले भने, 3“म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ।' 4त्यो दिन अन्धकार होस्। परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस्। 5अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून्। यसमाथि बादल लागोस्। दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस्। 6निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस्। वर्षका दिनहरूका बिचमा यो नरमाओस्। महिनाहरूको गन्तीमा यसको गणना नहोस्। 7हेर, त्यो रात बाँझो होस्। यसमा कुनै हर्षको सोर नआओस्। 8लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन्। 9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन्। त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस्। 10किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन। 11मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ? 12उनका घुँडाहरूले मलाई किन स्वागत गरे? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे? 13किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें। म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें, 14पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन्। 15अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए। 16अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें। 17त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ। त्यहाँ थाकितहरूले विश्राममा लिन्छन्। 18त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन्। तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन। 19त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन्। नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ। 20दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ? 21जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ। 22जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ? 23जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ? 24किनकि मैले खानुको साटो सुस्केरा हाल्छु। मेरो वेदनाको सोर पानीझैं पोखिन्छ। 25जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ। म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ। 26म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन। बरु सङ्कष्‍ट आउँछ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।