सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 9

यो अध्याय यसमा पर्छ: Oordeel en belofte voor Juda

1जो वेदनमा थियो, उसबाट नैराश्‍यता दूर गरिनेछ। जबूलूनको देश र नप्‍तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्‍याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्‍यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्‍यसलाई महिमित पार्नुहुनेछ। 2अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्‍योति देखेका छन्। मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ। 3तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ। तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ। कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्‍दित हुन्‍छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्‍दित हुन्‍छन्। 4किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ। 5दुश्‍मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ। 6किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ। अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्तिका राजकुमार राखिनेछ। 7दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ। 8परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्‍यो। 9सबै मानिसहरूले जान्‍नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्‍ने एफ्राइम र सामरियाले पनि जान्‍नेछन्, 10“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं। अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं।” 11यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई, 12पुर्वका अरामीहरू र पश्‍चिमका पलिश्‍तीहरू उक्साउनुहुनेछ। तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन्। यी सबै कुराले उहाँको रिस मर्दैन। बरु, उहाँको हात अझै पसारिएकै छ। 13तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन्। 14यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ। 15अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन्। झुटो सिकाउने अगमवक्ता पुच्छर हो। 16यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन्। 17यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्‍यक्‍ति अधर्मी र दुष्‍ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन्। यी सबै कुराहरूमा उहाँको रिस मर्दैन। बरु, उहाँको हात अझै पसारिएकै छ। 18दुष्‍टता आगोझैं बल्छ। त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ। यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ। 19सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन्। कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन। 20तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन्। तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन्। प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ। 21मनश्‍शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्‍शेलाई भस्म गर्नेछ। तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन्। यी कुराहरूमा, उहाँको रिस मर्दैन। बरु, उहाँको हात अझै पसारिएकै छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।