सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 21

यो अध्याय यसमा पर्छ: Over de volken

1समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा। नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ। 2मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ। ए एलाम, माथि जा र आक्रमण गर्। ए मादी घेरा हाल्। त्यसको सबै शोकलाई म रोक्‍नेछु। 3यसकारण मेरो कमर दुखेको छ। स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ। मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु। मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु। 4मेरो मुटु धड्कन्छ। म डरले काँप्छु। मैले साँझको इच्छा गरें, तर त्‍यसले ममा त्रास ल्यायो। 5तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन्। ए शासकहरू उठ, आफ्‍ना ढालहरूमा तेल लगाओ। 6किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख। उसले जे देख्‍छ सो बताउनुपर्छ। 7जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ।” 8पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्‍ने धरहरमाथि बस्छु, अनि आफ्‍नो अखडामा म रातभरि खडा रहन्छु।” 9यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ। उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन्।” 10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु। 11दुमाको बारेमा एउटा घोषणा। कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?” 12पहरेदारले भन्‍यो, “बिहान आउँछ र रात पनि आउँछ। तिमीलाई सोध्‍नुछ भने सोध। अनि फेरि फेर्केर आऊ।” 13अरब देशको बारेमा एउटा घोषणा। तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ। 14तिर्खाउनेहरूका निम्ति पानी ल्याओ। ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट। 15किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन्। 16किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्‍नेछ, केदारको सारा गौरवको अन्‍त हुनेछ। 17केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।