सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 32

यो अध्याय यसमा पर्छ: Wee en hoop

1हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन्। 2प्रत्‍येक व्‍यक्‍ति हावाबाट बच्‍ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्‍खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ। 3तब हेर्नेहरूका आँखा धमिलो हुनेछैनन् र सुन्‍नेहरूका कानले ध्यानपुर्वक सुन्‍नेछन्। 4हडबडेले समझदार भएर होसियारसाथ विचार गर्नेछ, अनि भकभकेले प्रष्‍टसँग र सजिलोसँग बोल्‍नेछ। 5मूर्खलाई कदापि आदरणीय भनिनेछैन न छलीलाई चरित्रवान भनिनेछ। 6किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्‍ट र अधर्मी कामहरूका योजना बनाउछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ। उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ। 7छलीका विधिहरू खराब हुन्‍छन्। गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ। 8तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ। अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्‍छ। 9ए चैनमा बसेका स्‍त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन। ए चिन्‍ता नभएका छोरीहरू, मेरो कुरा सुन। 10किनकि ए चिन्‍ता नभएका स्‍त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्‍मा गर्ने समय आउनेछैन। 11ए चैनमा बस्‍ने स्‍त्रीहरू, थरथर होओ। ए निर्धक्‍क हुनेहरू, घबराओ। आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार। आफ्‍ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ। 12राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ। 13मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्‍द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन्। 14किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ। पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ। 15माथिबाट हामीमा आत्मा नखन्यासम्म र उजाड-स्‍थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गझैं नसोचेसम्‍म। 16तब न्यान उजाड-स्‍थान बास गर्नेछ। अनि धार्मिकताचाहिं फलदायी खेतमा बास गर्नेछ। 17धार्मिकताको कामचाहिं शान्ति हुनेछ। अनि धार्मिकताको परिणामचाहिं सदासर्वदा शान्ति र दृढता हुनेछ। 18मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन्। 19तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पुर्ण रूपमा निर्मूल पारिए पनि, 20तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्‍ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित्‌ हुनेछौ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।