सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 33

यो अध्याय यसमा पर्छ: Wee en hoop

1विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ। जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन्। 2हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस्। हामी तपाईंको आशा गर्छौं। हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस्। 3ठुलो आवाजमा मानिसहरू भाग्‍छन्। तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन्। 4तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ। सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन्। 5परमप्रभु उच्‍च पारिनुभएको छ। उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ। उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ। 6तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ। परमप्रभुको भय नै त्‍यसको भण्डार हो। 7हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन्। शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन्। 8मुल बाटोहरू उजाड पारिएका छन्। त्यहाँ कुनै यात्रीहरू छैनन्। करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन। 9देशले विलाप गर्छ र ओइलाउँछ। लेबनान लज्‍जित हुन्छ र ओइलाउँछ। शारोन मरुभूमिको मैदानजस्तै हो। बाशान र कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन्। 10परमप्रभु भन्‍नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्‍च पारिनेछु; म अब उचालिनेछु। 11तिमीहरूले भुस गर्भधारण गर्‍यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ। तिमीहरूका सास तिमीहरूलाई भष्‍म पार्ने आगो हो। 12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ। 13तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन। अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर। 14सियोनका पापीहरू भयभित भएका छन्। ईश्‍वरहीनहरू थरथराउने डरले समातेको छ। हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्‍न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्‍न सक्छ र? 15त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ। जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ— 16यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्‍तर हुनेछ। 17तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्‍नेछ। तिनीहरू देशलाई टाढाको दुरीमा देख्‍नेछन्। 18तिमीहरूका मनले त्रासलाई याद गर्नेछ। शास्‍त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ? 19तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने अनौठो मानिसहरूलाई कदापि देख्‍नेछैनौ। 20सियोन, हाम्रो भोजको सहरलाई हेर। तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्‍नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ। 21बरु, परमप्रभु आफ्‍नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ। पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन्। 22किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ। उहाँले हामीलाई बचाउनुहुने छ। 23तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन्। तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन्। तिनीहरू पाल टाँग्‍न सक्दैनन्। जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ। 24बासिन्दाहरूले “म बरामी छु” भन्‍ने छैनन्। त्यहाँ बस्‍ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।