सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 41

यो अध्याय यसमा पर्छ: Troost voor de ballingen

1ए समुद्री किनारहरू, मेरो सामु चुपचाप सुन। जातिहरूले आफ्‍ना बल नयाँ बनाऊन्। तिनीहरू नजिक आऊन् र बोलून्। एउटा विवादको बारेमा बहस गर्न हामी एकसाथ भेला हौं। 2आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ। आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन्। 3तिनले उनीहरूलाई लखेट्‍छन् र छिटो पुग्‍ने बाटोद्वारा आफ्‍ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन्। 4कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ। 5टापुहरूले देखेका छन् र डराएका छन्। पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन्। तिनीहरू तयार हुन्‍छन् र आउँछन्। 6हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ।' 7त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ। तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस्। 8तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान, 9तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन। 10नडरा, किनकि म तँसँग छु। चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ। म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु। 11हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन्। तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन्। 12तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस्। तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन्। 13किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु।' 14नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो। 15हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु। तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस्। तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस्। 16तैंले तिनीहरूलाई निफन्‍नेछस् र हावाले तिनीहरूलाई उडाएर लानेछ। हावाले तिनीहरूलाई तितरबितर पार्नेछ। तँ परमप्रभुमा रमाउनेछस्, इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस्। 17अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन्। म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु। म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन। 18ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु। मरुभूमीमा पानीको तलाउ र सुख्‍खा जमिनमा पानीको मुल म बनाउनेछु। 19उजाड-स्‍थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्‍नेछु। मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु। 20परमप्रभुको हातले नै यसो गरेको छ, इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको छ, भनेर मानिसहरूले हेरून्, चिनून् अनि बुझून् भन्‍ने उदेश्‍यले म यो गर्नेछु। 21परमप्रभु भन्‍नुहुन्छ, “तेरो मुद्दा पेस गर्।” याकूबका राजा भन्‍नुहुन्छ, “तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर्।” 22तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन्। तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्‍न सक्‍छौं। तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं। 23भविष्यको बारेमा कुराहरू भन, ताकि तिमीहरू देवहरू हौ भनी हामी जान्‍न सकौं। कुनै असल वा खराब गर, ताकि हामी डराऔं वा प्रभावित बनौं। 24हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन्। तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ। 25उत्तरबाट मैले एक जनालाई खडा गरेको छु, र त्यो आउँछ। सुर्य उदय हुने दिशाबाट त्यसलाई म बोलाउँछु, जसले मेरो नाउँ पुकार्छ, अनि हिलोलाई झैं, माटोलाई कुल्चने कुमालेले झैं त्यसले शासकहरूलाई कुल्चनेछ। 26यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन। 27मैले पहिले सियोनलाई भनें, “हेर, तिनीहरू यहाँ छन्।” मैले यरूशलेममा एक जना दूतलाई पठाएँ। 28मैले हेर्दा त्यहाँ कोही पनि छैन, असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन। मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन। 29हेर, ती सबै केही पनि होइनन्, अनि तिनीहरूका कामहरू केही पनि होइनन्। तिनीहरूका ढालेका धातुका आकृतिहरू हावा र रित्ता हुन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।