सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 22

यो अध्याय यसमा पर्छ: Over de volken

1दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ? 2होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्‍नलाई तिमीहरूले त्‍यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन्। 3तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए। तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए। 4यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु। मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर।” 5किनकि दर्शनको बेसीमा सर्वशक्तिमान् परमप्रभुको निम्‍ति कोलाहल, कुल्चिने अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो। 6रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउछ। 7तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्‍ना ठाउँ ओगट्नेछन्। 8उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो। तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्‍यौ। 9तिमीहरूले दाऊदका सहरका प्‍वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्‍लो तलाउबाट पानी जम्‍मा गर्‍यौ। 10तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ। 11तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ। तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो। 12त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो। 13तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो। हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन्। 14यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ। 15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्, 16'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्‍न, उच्‍च टाउँमा चिहान खन्‍न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो?” 17हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ। उहाँले तँलाई कसेर समात्‍नुहुनेछ। 18निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ। तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन्। तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस्। 19तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु। तँ तल खसालिनेछस्। 20त्‍यो दिन यस्‍तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु। 21तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्‍पिनेछु। यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ। 22दाऊदको घरानाको साँचो म उसको काँधमा राख्‍नेछु। उसले खोल्नेछ र कसैले बन्द गर्नेछैन र कसैले खोल्नेछैन। 23म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्‍नेछु र आफ्‍नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ। 24उसको घराना, सन्तानहरू र वंशको, हरेक सानो भाँडोदेखि कचौराहरू र गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्‍नेछन्। 25यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो— त्यो दिन सुरक्षित स्थानमा गडिएको किलाले ठाउँ छोड्‍नेछ, भाँचिनेछ र ढल्‍नेछ अनि त्यसमा भएको भार हटाइनेछ— किनकि परमप्रभुले भन्‍नुभएको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।