सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 3

यो अध्याय यसमा पर्छ: Oordeel en belofte voor Juda

1हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती, 2वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू, 3पचास जनाका कप्‍तानहरू र आदरणिय नागरिक, सल्‍लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्‍नुभएको छ। 4“युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन्। 5हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन्। बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ। 6एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्‍ने छ, 'तिमीसँग कोट छ। हाम्रो शासक होऊ, र यो विनाश जिम्‍मा तिमीले लेऊ।' 7त्यो दिनमा ऊ चिच्याउनेछ र भन्‍नेछ, 'म निको पार्ने हुनेछैन। मसँग रोटी वा लुगा छैन। तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ'।” 8किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्‍टिको विरोध गर्छन्। 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस्। अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन्। तिनीहरूले त्‍यो लुकाउने छैनन्। तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन्। 10धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन्। 11दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ। 12मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्‍याचारी हुन् र स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्‍ने कुरा नै अलमलमा पार्नेछन्। 13दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ। मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ। 14आफ्‍ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्‍याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ। गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन्। 15तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्‍छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो। 16परमप्रभु भन्‍नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्‍चले आँखाले, हिंड्‍दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्‌छिन्‌ आवाज निकाल्दै हिंड्छन्। 17यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ। 18त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू, 19कुण्डलहरू, बालाहरू, झुम्‍काहरू, 20शिर ढाक्‍नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू, 21औंठीहरू, नत्थहरू, 22चाडका वस्‍त्रहरू, पछ्‍यौराहरू, घुम्‍टोहरू, हाते-ब्‍यागहरू, 23हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ। 24सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ। अनि पटुकाको सट्टामा डोरी हुनेछ। राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ। अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ। र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ। 25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन्। 26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन्। अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।