सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 19

यो अध्याय यसमा पर्छ: Over de volken

1मिश्रदेशको बारेमा एउटा घोषणा। हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ। मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्, 2“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ। सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ। 3मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ। तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु। 4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो।” 5समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन्। 6नदीहरू दूषित हुनेछन्। मिश्रदेशका नदीहरू सुक्‍नेछन् र सुख्‍खा हुनेछन्। नर्कटहरू र काँसहरू ओइलाउनेछन्। 7नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन्। 8जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्‍छी हान्‍ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन्। 9बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्‍नेहरू निराश हुनेछन्। 10मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ। ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन्। 11सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन्। फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ। तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ।” 12तेरा बुद्धिमान्‌ मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्‍तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून्। 13सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन्। तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन्। 14परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन्। 15मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन। 16त्यस दिनमा, मिश्रीहरू स्‍त्रीहरूजस्ता हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्‍नेछन् र डराउनेछन्। 17यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्‍नेछ। जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन्। 18त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्‍नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन्। यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ। 19त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्‍यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्‍मारक हुनेछ। 20मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ। अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ। 21मिश्रदेशले परमप्रभुलाई चिन्‍नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन्। 22परमप्रभुले मिश्रदेशलाई कष्‍ट दिंदै र निको पार्दै कष्‍ट दिनुहुनेछ। तिनीहरू परमप्रभुतिर फर्किनेछन्। उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ। 23त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन्। अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन्। 24त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्‌मा तेस्रो हुनेछ। 25सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्‍नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ। मेरो हातको काम अश्शूर। मेरो उत्तराधिकार इस्राएल।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।