सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 34

यो अध्याय यसमा पर्छ: Wee en hoop

1ए जातिहरू, नजिक आओ र सुन। ए मानिसहरू, ध्यान देओ। पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ। 2किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ। उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ। 3तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन्। लाशहरूको दुर्गन्ध जताततै हुनेछ। अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ। 4आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ। अनि दाखको पात झरेर ओइलाएझैं र अञ्‍जिरका गलेका अञ्‍जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन्। 5किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ। हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ। 6परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ। किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ। 7तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन्। तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ। 8किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ। 9एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ। 10त्‍यो रातदिन जल्‍नेछ। त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ। पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ। सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन। 11तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्‍नेछन्। लाटोकोसेरो र कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन्। उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ। 12राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन्। 13त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्‍नो र सिउँडीहरू उम्रिनेछन्। त्‍यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ। 14त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन्। रातका जनावरहरू त्यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ। 15लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन्। हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन्। 16परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज। यिमध्ये एउटै पनि हराउनेछैन। कसैलाई पनि जोडीको कमी हुनेछैन। किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ। 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ। तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन्। पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।