सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 47

यो अध्याय यसमा पर्छ: Troost voor de ballingen

1ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस्। ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस्। तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन। 2जाँतो लि र पीठो पिंध्। तेरो घुम्टो हटा, तेरो लामो वस्‍त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर्। 3तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ। म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन। 4सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो। 5कल्दीकी छोरी, शान्‍त बस् र अँध्यारोमा जा। किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन। 6म आफ्‍ना मानिसहरूसित रिसाएको थिएँ। मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्‍पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस्। वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस्। 7तैंले भनिस्, “म सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस्। 8त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ। तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्‍यहाँ अरू कोही छैन। म कहिल्यै विधवाझैं बस्‍नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु।” 9तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन। तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्‍किका साथ आउनेछन्। 10तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस्। तैंले भनेको छस्, “मलाई कसैले देख्दैन।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन।” 11तँमाथि विपत्ति आइपर्नेछ। आफ्‍नो मन्त्रतन्त्रले तैंले त्‍यो धपाउन सक्‍नेछैनस्। तँमाथि विनाश आउनेछ। तैंले त्‍यसलाई तर्काउन सक्‍नेछैनस्। तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ। 12आफ्‍नो तन्त्रमन्त्र र आफ्‍ना धेरै टुनामुनामा निरन्‍तर लाग्, जसलाई तैंले आफ्‍नो बाल्यकालदेखि नै विश्‍वस्‍ततासाथ उच्‍चारण गरेको छस्। सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस्। 13तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस्। ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन्। 14हेर, ती परालको झ्‍यासझैं हुनेछन्। आगोले तिनलाई जलाउनेछ। ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन्। तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन! 15तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए। तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।